गोब्रे च्याउको करी

- 6 years ago


चाहिने सामग्री

१. च्याउ १ के. जी.
२. प्याज २०० ग्राम
३. लसुन, अदुवा पेस्ट १ चम्चा
४. बेसार १/२ चम्चा
५. खुर्सानी धुलो १/२ चम्चा
६. मिट मसला १ चम्चा
ठ . जिरा धुलो १ चम्चा
८. गरम मसला १ चम्चा
९. गोलभेडा २०० ग्राम
१०. नुन स्वाद अनुसार
११. हरियो धनिया २५ ग्राम (चप गर्ने)
१२. तेल ६० एम.एल.

बनाउने विधि:

च्याउ सफा गर्ने र धुने, प्याज चप गर्ने, सफा भाडोलाई चुलोमा बसाल्ने, तेल राख्ने, प्याज भुट्ने, प्याज रातो भएपछि अदुवा लसुन पेस्टलाई राख्ने, बेसार राख्ने, धुलो खुर्सानी राख्ने, गोलभेडालार्य चप गरेर राख्ने र चलाउने, एकछिन पछि १/२ लि. पानी राख्ने, माथि उल्लेख गरिएका सम्पूर्ण मसला मिलाउने र च्याउ राखी ५/६ मिनेट सम्म उमाल्ने ।