च्याउको मःमः

- 5 years ago


चाहिने सामग्री

१. च्याउ १ के.जी.
२. सुकेको प्याज २०० ग्राम
३. अदुवा, लसुन पेस्ट २ चम्चा
४. हरियो धनिया चप २ चम्चा
५. हरियो प्याज, हरियो लसुन ५०÷५० ग्राम
६. जिरा धुलो १ चम्चा
  . नुन स्वाद अनुसार
८. मैदा पिठो १ के.जी.
९. अजीनो मोटो ५ ग्राम
१०. खुर्सानी धुलो १ चम्चा

बनाउने विधि

च्याउलाई चप गर्ने, हरियो लसुन, धनिया, प्याज चप गर्ने र च्याउमा मिक्स गर्ने र माथी उल्लेख गरीएका सामानहरुलाई मिक्स गर्ने र मोल्ने, मैदालाई बेसरी मुछ्ने र गोला बनाई बेल्ने र मःमः भाडोमा पकाउने, अचारमा राखी खाने ।

मःमः अचार बनाउने विधि

गोलभेडा २०० ग्राम राख्ने, सेतो तिल ५० ग्राम राख्ने,खुर्सानीको धुलो १ चम्चा राख्ने, नुन १ चम्चा ठूलो,कागती २ पिस निचरेर राख्ने, तिललाई भुट्ने र पेस्ट गर्ने,गोलभेडा पेस्ट गर्ने अनि सबै मसला मिसाएर मोल्ने ।